उपसभापति खड्काको दाबी : कांग्रेसका मन्त्रीले शिर निहुरिने काम गरेका छैनन्

हिमाल प्रेस १० फागुन २०८० १९:१३
14
SHARES
उपसभापति खड्काको दाबी : कांग्रेसका मन्त्रीले शिर निहुरिने काम गरेका छैनन्

ललितपुर- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिर निहुरिने गरी कांग्रेसका मन्त्रीले काम नगरेको दाबी गरेका छन्।

जारी महासमिति बैठकको समापन समारोहमा बोल्दै उपसभापति खड्काले आफूहरूमाथि आरोप लागे पनि ९ जनै मन्त्रीले सुशासन कायम र भ्रष्टचारविरुद्ध काम गरिरहेको दाबी गरेका हुन्।

उनले महासमिति बैठकबाट आएका सरकार सम्बन्धमा आएको सुझाव शिरोपर गर्ने र त्यसअनुरूप नागरिक सेवा प्रदान गर्ने बताए।

‘बरु भ्रष्टाचार निवारण जनसेवामा प्रयास गरेका छौँ, कमजोरी सच्याउने प्रयास गरेका छौँ, ’ उनले भने, ‘हामी सरकारमा छौँ, प्रभावकारी महासमितिको सुझावअनुसार सुधार र सच्याउन जरुरी छ।’

उनले आफू परिवर्तन भए पार्टी समाज राज्य परिवर्तन हुने बताए।

प्रकाशित: १० फागुन २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =