१०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने [सूचीसहित]

हिमाल प्रेस ३१ भदौ २०८० १४:३०
8
SHARES
१०३ प्रकारका औषधि उत्पादन र बिक्री गर्न नपाइने [सूचीसहित]

काठमाडौँ- नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा विक्रि वितरणमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो।

नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ। हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।

प्रकाशित: ३१ भदौ २०८० १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =