सुन प्रकरण र बालिका मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ : प्रधानमन्त्री

हिमाल प्रेस २९ भदौ २०८० १३:५५
8
SHARES
सुन प्रकरण र बालिका मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अवैध सुन तस्करीका सम्बन्धमा अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको पनि उनले बताए।

‘यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको पनि सदनलाई जानकारी गराउन चाहन्छु,’ प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधि सभा बैठकमा भने।

गत भदौ ६ गते सत्तापक्ष र नेकपा एमालेबीच सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमति भएको थियो।

सुन प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न आयोग असोज ५ गते गठन गर्ने र सोही दिनदेखि काम थाल्ने सहमति भएको थियो। प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमण तथा सरकारलाई गत भदौ २१ गते दिइएको रूलिङअनुसार उनले विभिन्न विषयमा संसदलाई जानकारी गराएका थिए। उनले कान्ति बाल अस्पतालमा भएको बालिका मृत्यु प्रकरणका विषयमा पनि छानबिन भइरहेको बताए।

प्रकाशित: २९ भदौ २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =