राप्रपा नेपालको आज विरोध प्रदर्शन

हिमाल प्रेस २९ भदौ २०८० ७:१०
10
SHARES
राप्रपा नेपालको आज विरोध प्रदर्शन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज विरोध प्रदर्शन गर्दैछ।

भर्खरै संवैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

संवैधानिक राजतन्त्रको पुर्नस्थापना, हिन्दु राष्ट्रको माग र संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार भदौं २९ गते दिउँसो १ बने भद्रकालीबाट प्रदर्शन सुरु हुने र भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित: २९ भदौ २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =