बालअधिकार कार्यान्वयनमा गम्भीर बनौँ : राष्ट्रपति

हिमाल प्रेस २९ भदौ २०८० ६:२५
10
SHARES
बालअधिकार कार्यान्वयनमा गम्भीर बनौँ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन्।

राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा शुभकामना दिँदै पौडेलले बालअधिकार कार्यान्वयनमा राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायको एकीकृत र समन्वयात्मक भूमिकाको अहं दायित्व हुने बताएका हुन्।

‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन्’, उनको सन्देशमा भनिएको छ।

केही बालबालिका अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेको भन्दै उनले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको उल्लेख गरेका छन्। उनीहरूको बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्ने राष्ट्रपति पौडेलको भनाइ छ।

 

प्रकाशित: २९ भदौ २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =