नाडा अटो शोमा विद्युतीय गाडीको वर्चस्व [तस्बिरहरू]

हिमाल प्रेस २८ भदौ २०८० १५:५७
4
SHARES
नाडा अटो शोमा विद्युतीय गाडीको वर्चस्व [तस्बिरहरू]

काठमाडौँ- भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ। भदौ २६ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदर्शनीको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा अर्थमन्त्री महतले आर्थिकमन्दी हट्दै गएको भन्दै अटो प्रदर्शनीले अर्थतन्त्रलाई थप चहलपहल बनाउने विश्वास व्यक्त गरेका थिए।

अर्थमन्त्रीले भनेजस्तै नाडा अटो शोमा चहलपहल र ग्राहकको उपस्थिति बाक्लो देखिन्छ। त्यो उपस्थिति खनिज इन्धनबाट चल्ने गाडीभन्दा विद्युत्बाट चल्ने गाडीप्रति बढी देखिन्छ।

प्रदर्शनीमा टोयोटा, जीप, मित्सुबिसी, होन्डा, फक्सवागन, माज्दा, बीएमडब्ल्यूजस्ता ब्रान्डको सहभागिता छैन। यी ब्रान्डमा कम्पनीले पेट्रोल र डिजल गाडी मात्रै बेचिरहेका छन्। टोयटाले भने ‘र्‍याभ फोर’ ब्रान्डको हाइब्रिड (पेट्रोल र विद्युत् दुवैले चल्ने गाडी) बेचिरहेको छ।

यसको ठीक विपरीत बीवाईडी, एमजी, नेटा र बुलिङ ब्रान्डले विद्युतीय सवारीमात्रै प्रदर्शनीमा राखेका छन्। इन्धन र विद्युतीय दुवै गाडी बेचिरहेका टाटा, हुन्डाई, किया, ग्रेटवाललगायत ब्रान्डले समेत विद्युतीय गाडीलाई बढी प्राथमिकता दिएका छन्।

ग्राहकको भीड पनि विद्युतीय गाडीमा बढी देखिन्छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापा यो वर्षको प्रर्दशीमा विद्युतीय गाडीको व्यापार बढी हुने बताउँछन्। ‘पर्याप्त चार्जिङ स्टेशन, नेपाली माटो सुहाउँदो गाडी, थोरै सञ्चालन र मर्मत खर्चलगायत कारणले उपभोक्ताले विद्युतीय गाडी रुचाएको देखियो,’ उनले भने।

३१ गतेसम्म चल्ने प्रदर्शनीमा ४५ वटा सवारी साधनका ब्रान्ड सहभागी छन्। प्रर्दशनीमा चारपांग्रे, दुईपांग्रे ब्रान्डका साथै लुब्रिकेन्टस, टायर, पार्टपूर्जालगायतका सामग्री पनि राखिएको छ।

प्रकाशित: २८ भदौ २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =