नाडा अटो शो : वुलिङमा ग्राहकको आकर्षण

हिमाल प्रेस ३१ भदौ २०८० १२:३१
12
SHARES
नाडा अटो शो : वुलिङमा ग्राहकको आकर्षण

काठमाडौँ- नाडा अटो शोमा वुलिङप्रति ग्राहकको आकर्षण देखिएको छ। नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री गरिरहेको बज्र ग्रूपअन्तर्गतको ईभी नेपाल मोटर्सले फरक शैलीमा स्टल राखेका कारण ग्राहकको आकर्षण रहेको बताएको हो।

कम्पनीले ग्राहकलाई ‘बाइ वान गेट वान’ सुविधा उपलब्ध गराउँदै आएकाले पनि ग्राहकको भीड रहेको कम्पनीको भनाइ छ।

साे सुविधाअन्तर्गत ३०० किमि वुलिङ किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउने कम्पनीले बताएको छ। साथै ग्राहकले वुलिङको स्टलबाटै ईएमआई १७ हजार ९ सय २५ फाइनान्सको सुविधा, गाडी एस्क्चेन्जको सुविधा पाउने कम्पनीको भनाइ छ।

नाडा अटो शोमा रहेको वुलिङको स्टलमा देशको संस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीमा राखेको छ।

जसमा जनकपुरधाम, कुमारी, स्वयम्भु , बसन्तपुर दरबार, डमरुलगायत तस्बिर समावेश छन्। शोमा २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छन्। उक्त दुवै गाडीको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नाडा शोमा वुलिङको स्टलमा बुकिङ गर्ने ग्राहकको भीड देखि। कम्पनीका अनुसार शुक्रबारसम्म ५९ ओटा वुलिङ बुकिङ भैसकेका छन्। १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोटबाट नै अन अफ हुने इन्डोनेसिएन प्रोडक्ट वुलिङ हो। आज (आइतबार) नाडा शोको अन्तिम दिन हो। शो गत मंगलबारदेखि लागेको थियो।

प्रकाशित: ३१ भदौ २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =