यस वर्षको ‘नाडा अटो शो’मा अहिलेसम्मकै बढी कम्पनीको सहभागिता हुने

हिमाल प्रेस १५ साउन २०८० १६:३८
8
SHARES
यस वर्षको ‘नाडा अटो शो’मा अहिलेसम्मकै बढी कम्पनीको सहभागिता हुने

काठमाडौँ- आगामी भदौ २६ गतेदेखि आयोजना हुने ‘नाडा अटो शो २०२३’मा अहिलेसम्मकै सबैभन्दा बढी अटोमोबाइल कम्पनी सहभागी हुने भएका छन्। आयोजक ‘नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल’ले सोमबार स्टल निर्धारणका लागि ‘लटरी ड्र’ गर्दै उक्त जानकारी गराएको हो।

एशोसिएशनका अनुसार यस वर्ष अटो शोमा विभिन्न ब्राण्ड र मोडेलका सवारीसाधन तथा त्यससँग सम्बन्धित वस्तुका गरी ८२ स्टल रहने छन्। शोमा टायरटयूव, लुब्रिकेन्ट्स, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण लगायतका ८२ स्टल हुनेछन्।

त्यस्तै अटोमोबाइल व्यवसायसंग प्रत्यक्ष सरोकार राख्ने बैंक तथा इन्स्योरेन्स कम्पनीका पनि स्टल रहने एशोसिएशनले जानकारी दिएको छ। नाडा अटो शोमा रहने कम्पनीहरूको उक्त सहभागिता अहिलेसम्मकै उच्च रहेको एशोसिएशनको भनाइ छ।

यसअघि सन् २०२०, २०२१ र २०२२ मा नाडा अटो शो हुन सकेको थिएन। कोभिड-१९ लगायत कारणले तीन वर्ष शो नभएका कारण पनि यस वर्ष उच्च सहभागिता देखिएको एशोसिएशनको भनाइ छ।

सोमबार लटरी ड्रमार्फत स्टल वितरणको कार्य सम्पन्न गरिसकेको एशोसिएशनले बताएको छ। स्टल बुकिङका लागि नाडाले यसअघि नै सूचना प्रकाशित गरेको थियो। प्रदर्शनीमा दर्शकले विद्युतीय सवारीसाधनलगायत चार वर्षपछि बजारमा आएका हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने एशोसिएशनको भनाइ छ। यसअघि कोभिड-१९ लगायत कारणले सुस्ताएको अटो बजार नाडा अटो शोबाट चलायमान हुने एशोसिएशनको अपेक्षा छ। गत वर्ष एशोसिएशनले ‘नाडा इभी एक्सपो २०२२’ आयोजना गरेको थियो।

प्रकाशित: १५ साउन २०८० १६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =