चौतारा-काठमाडौँ अब विद्युतीय गाडी

हिमाल प्रेस १४ साउन २०८० २१:३२
16
SHARES
चौतारा-काठमाडौँ अब विद्युतीय गाडी

चौतारा- सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँसम्म विद्युतीय गाडी सञ्चालनमा ल्याइएकाे छ। सिन्धुचौतारा यातायातले सानो सिरुवारी र स्याउलेबाट विद्युतीय गाडी सञ्चालन गरेको हो।

चौताराका युवा व्यवसायी हिरोमणि श्रेष्ठ र निमेष श्रेष्ठले विद्युतीय गाडी सञ्चालनमा ल्याएका हुन्। पहिलो चरणमा १०/१० सिट यात्रु क्षमता भएको चार बसबाट सेवा प्रदान गरिएको व्यवसायी निमेष श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार हाललाई चौतारा-काठमाडौँमा सञ्चालन भइरहेको अन्य माइक्रोबस सरह भाडादरमा यातायात सञ्चालन गर्ने र पूर्ण रुपमा सञ्चालनमा आएपछि भाडादर परिमार्जन गरिनेछ। यात्रुले पानी, वाइफाइ तथा क्युआर पेमेन्टको सुविधा पाउने उनले बताए।

विद्युतीय गाडीमा आवाज र गन्ध नआउने भएकाले यात्रुले डिजेल गाडीको जस्तो घ्यारघ्यार र गन्धखप्नु नपरेको यात्रु कृष्णप्रसाद धितालले बताए। रासस

प्रकाशित: १४ साउन २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =