रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

हिमाल प्रेस २६ भदौ २०८० १७:२९
रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न गरेको छ। गत शनिबार काठमाडौँको नक्सालमा आयोजना गरिएको डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलर सहभागी थिए।

आफ्ना डिस्ट्रिब्युटरहरूसँग समबन्ध प्रगाढ पार्ने उद्देश्यले डिस्ट्रिब्युटर मीट आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ। साथै डिस्ट्रिब्युटरहरूसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरूले सामना गरिरहेका चुनौती र तिनका समाधान खोज्न पनि डिस्ट्रिब्युटर मीट आयोजना गरिएको कम्पनीको भनाइ छ।

डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले डिस्ट्रिब्युटरहरू आपसी सहकार्यमा अगाडि बढ्नुपर्ने बताए। ‘हामी आपसमा सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेका छौँ,’ उनले भने, ‘डिस्ट्रिब्युटरहरु नै हाम्रो ब्रान्डको मेरुदण्ड हुन् र हामी र हाम्रो ग्राहकलाई जोड्ने पुल पनि हुन्। डिस्ट्रिब्युटरहरूको लगातारको मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो।’

कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरूलाई उनीहरूको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान पनि गरिएको थियो। कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरूको पनि उपस्थति थियो।

प्रकाशित: २६ भदौ २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =