रियलमी ११ फाइभजी र रियलमी ११ एक्स फाइभजी सार्वजनिक

हिमाल प्रेस ७ असोज २०८० १९:३४
रियलमी ११ फाइभजी र रियलमी ११ एक्स फाइभजी सार्वजनिक

काठमाडौँ- स्मार्ट फोन ब्राण्ड रियलमीले रियलमी ११ फाइभजी र रियलमी ११ एक्स फाइभजी सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार ‘फ्यान फेस्ट’ कार्यक्रम आयोजना गर्दै उक्त दुई मोडल पनि सार्वजनिक गरेको हो।

कार्यक्रममा गायकहरू भेक, यावेश र आकाश खड्काले लाइभ प्रस्तुति दएिका थिए। निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रस्तुतिमा सहभागी युवाले भेक र यावेशको प्रस्तुतिमा नाच्दै– मनोरञ्जन लिएका थिए। कार्यक्रममा रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले रियलमी कम्युनिटीको उत्साहजनक सहभागिताले खुसी लागेको बताए।

रियलमी ११ एक्स फाइभजी

रियलमी ११ एक्स फाइभजीको डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधिमार्फत मेमोरी १६ जीबीसम्म बढाउन मिल्ने विशेषता रहेको छ।

फाइभजी कनेक्टिभिटीसहितको उक्त सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी छ। यसले २९ मिनेटमा ५० प्रतिशतसम्म ब्याट्रि चार्ज हुन्छ। ६४ एमपीको एआइक्यामरा र ५००० एमएएचको ब्याट्रि छ।

रियलमी ११ फाइभजी

यसमा भएको ८ जीबी र्‍यामलाई डाइनामिक र्‍याम एक्स्पान्सन प्रविधिमार्फत १६ जीबीसम्म बढाउन सकिन्छ। ५००० एमएएचको ब्याट्री रहेको उक्त सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी छ। यसले १७ मिनेटमा ५० प्रतिशतसम्म ब्याट्रि चार्ज हुन्छ।

८/१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभजीको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी स्टोरेज क्षमताको रियलमी ११ फाइभजीको मूल्य ३९ हजार ९९९ रुपैयाँ रहेको छ।

प्रकाशित: ७ असोज २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + eight =