‘रियलमी सि ५१ र सि ५३ बजारमा

हिमाल प्रेस १७ असोज २०८० २१:१५
‘रियलमी सि ५१ र सि ५३ बजारमा

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले दुई ग्राउन्ड ब्रेकिङ स्मार्टफोनहरू बजारमा ल्याएको छ। कम्पनीले रियलमी सि ५१ र रियलमी सि ५३ बजारमा ल्याएको हो। रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले रियलमीले ग्राहकको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोन बजारमा ल्याएको बताए।

‘रियलमी सि ५१ र सि ५३ दुवै यी प्राइस सेग्मेन्टको लागि अत्यन्तै उत्कृष्ट फोन हुन्,’ उनले भने, ‘रियलमी सि ५१ मा हामीले मेमोरीमा लिप फर्वार्ड गरेका छौँ भने सि ५३ मा क्यामेरामा लिप फर्वार्ड गरेका छौँ।’

रियलमी सि ५१

रियलमी सि ५१मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले शून्यदेखि ५० प्रतिशतसम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ। ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन सहितयस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा उभिएको रियलमी सि ५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण रहेको कम्पनीको दाबी छ।

५० मेगापिक्सेल एआई क्यामराको मद्दतले रियलमी सि ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्ने कम्पनीको भनाइ छ। १२८ जिबीको स्टोरेज भएको यस रियलमी सि ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस रहेको कम्पनीले बताएको छ। ४ जिबीको बिल्ट–इन र्‍यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी ¥याम बढाउन पनि मिल्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकलाई भिडियो हेर्न वा खेल खेल्न प्रशस्त पावर पुग्ने विश्वास गरिएको छ। रियलमी सि ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ।

रियलमी सि ५३

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ।

यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेराको र सबैभन्दा ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड् हाइलाइटहरू र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ। यो अत्याधुनिक क्यामेराले कमजोर लाइटिङ कन्डिसनमा समेत उच्च क्ल्यारिटी र उच्च डिटेलड तस्बिर खिच्न सक्छ।

७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री राखिएको छ।

रियलमी सि ५३ मा १२ जिबी सम्म्को डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ। रियलमी सि ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ। रियलमी सि ५१ जीबी ६४ जीबी भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार उक्त मोबाइल फोनहरूको मूल्य क्रमशः १५ हजार ९९९ रुपैयाँ रहेको छ। त्यस्तै, रियलमी सि ५३ ४ जीबी १२८ जीबी भेरियन्टमा उपलब्ध छ र यसको मूल्य १७ हजार ९९९ रुपैयाँ रहेको छ।

प्रकाशित: १७ असोज २०८० २१:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =