संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : अग्नि सापकोटा

हिमाल प्रेस २६ भदौ २०८० ११:१३
2
SHARE
संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : अग्नि सापकोटा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्।

आज शोक वक्तव्य जारी गर्दै उनले दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे।

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिंगो राजनीतिक बृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएका उल्लेख गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताए।

एमाले उपाध्यक्ष नेम्वाङको सोमबार राति हृदयाघातका कारण निधन भएको थियो।

प्रकाशित: २६ भदौ २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =