बीपीको समाजवाद व्यवहारमा लागू हुनै सकेन : शेखर कोइराला

हिमाल प्रेस २४ भदौ २०८० १२:४४
8
SHARES
बीपीको समाजवाद व्यवहारमा लागू हुनै सकेन : शेखर कोइराला फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपीको समाजवाद व्यवहारमा लागु हुन नसकेको बताएका छन्। ११०औँ बीपी जयन्तीका अवसरमा आइतबार चितवनमा आयोजित बीपीको सालिक अनावरण तथा वृक्षरोपण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बीपीले भनेजस्तो गरिब असहाय र समाजमा पछाडि परेकाहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था हुन नसकेको उनले उल्लेख गरे। अग्रज नेताहरूको सम्झनामा बनाइएका कतिपय सालिक आन्दोलनका क्रममा तोडफोड गरिएको उनले बताए। सालिकहरूको संरक्षण गर्नका लागि अभिलेख राख्न जरुरी रहेको उनले औँल्याए।

नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको बताए । पारदर्शिता तथा जवाफदेहिता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको उनले सुनाए। अहिले कांग्रेस यो कुराबाट कतै विचलित भएको हो कि भन्ने आफूलाई लागेको उनको भनाइ छ।

भरतपुर महानगरपालिका–३ स्थित बीपी शान्ति वनमा ३५ लाख रुपैयाँको लागतमा उक्त सालिक निर्माण गरिएको हो। सो स्थानमा ०५३ सालमा ढलोटको पूर्णकदको सालिक बनाइएको थियो। तर, त्यो तोडफोड गरिएपछि अहिले नयाँ सालिक निर्माण गरिएको हो।

प्रकाशित: २४ भदौ २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =