नक्कली नोटसहित एक पक्राउ

हिमाल प्रेस २३ भदौ २०८० ६:५६
8
SHARES
नक्कली नोटसहित एक पक्राउ

काठमाडौँ- नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शुक्रबार काठमाडौँ महानगरपालिकाको स्वयम्भूबाट एक हजार दरका एक सय थान नक्कली नेपाली नोटसहित गोरखा नगरपालिका–४ धारापानी घर भई काठमाडौँ नागार्जुन नगरपालिकास्थित भीमढुंगा बस्ने ३८ वर्षीय गौरव थापालाई मंगलबार पक्राउ गरेको हो।

थापाको साथबाट दुई थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ। स्वयम्भु क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले थापालाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

आजै प्रहरीले एकजनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारी आज बिहान नागढुंगाबाट पक्राउ परेका हुन्।

प्रकाशित: २३ भदौ २०८० ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =