फिल्मको नाम ‘भारत’ राख्दा ट्रोल भए अक्षय कुमार

हिमाल प्रेस २१ भदौ २०८० १५:५३
फिल्मको नाम ‘भारत’ राख्दा ट्रोल भए अक्षय कुमार

काठमाडौँ- भारतीय अभिनेता अक्षय कुमार ट्रोल भएका छन्। अक्टोबर ६ मा प्रदर्शनमा आउने फिल्म ‘मिसन रानीगंज : द ग्रेट भारत रेस्क्यु’को नयाँ पोस्टर साझा गरेपछि उनी ट्रोलरको शिकार भएका हुन्।

यसअघि फिल्मको नाम ‘मिसन रानीगंज : द ग्रेट इन्डियन रेस्क्यु’ थियो। फिल्मको नाम परिवर्तन गरी इन्डियाबाट भारत राखेकोमा अक्षयलाई ट्रोल गरिएको हो।

‘जी ट्वान्टी’का प्रतिनिधिहरूलाई राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट दिइएको रात्रिभोजको निमन्त्रणामा ‘प्रेसिडेन्ट अफ इन्डिया’को साटो ‘प्रेसिडेन्ट अफ भारत’ लेखिएको थियो। त्यसयता भारतीय जनता पार्टी (बीजेपी)ले आगामी संसद सत्रमा संविधान संसोधन गरी इन्डिया नभई अब भारत नाममात्र प्रयोग गर्ने समाचार बाहिरिएका छन्।

त्यसैले अक्षय कुमारले पनि फिल्मको नामबाट ‘इन्डिया’ हटाएर ‘भारत’ राखेका हुन्। उनले ‘भारत’ लेखिएको पोस्टर सेयर गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन्। कतिपयले पहिला ‘इन्डिया’ लेखेको पोस्टरका स्क्रिनसट हालेर उनलाई प्रश्न गरेका छन्, ‘यो पोस्टर कहाँ गयो?’

‘मिशन रानीगंज’मा कोइला खानी उद्धार अभियानको नेतृत्व गर्ने इन्जिनियर जसवन्त सिंह गिलको कथा रहेको छ। फिल्ममा अक्षयसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशनलगायत कलाकारको अभिनय रहेको छ। फिल्मको निर्देशन टिनु सुरेश देसाईले गरेका हुन्।

प्रकाशित: २१ भदौ २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =