‘दराज लाइक न्यु’ सुरु

हिमाल प्रेस २० भदौ २०८० १७:१८
‘दराज लाइक न्यु’ सुरु

काठमाडौँ- अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले आफ्नो नयाँ उद्यम ‘दराज लाइक न्यु’ सुरु गरेको छ। मंगलबार एक कार्यक्रमबीच कम्पनीले उक्त उद्यम सुरु गरेको हो।

बजारमा दराज लाइक न्युको परिचयले स्थानीय बिक्रेतालाई सहयोग गर्ने मूल उद्देश्य रहेको कम्पनीको भनाइ छ। उक्त उद्यममार्फत प्रयोग गरिएका फोनहरू बिक्री गर्नका लागि प्लेटफर्म प्रदान गर्ने बताएको छ।

यसले स्थानीय उद्यमीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसले विक्रेताहरूलाई उच्चगुणस्तर, मूल्य र मापदण्डहरू पूरा भएका फोनहरू किन्न सक्षम बनाउने कम्पनीले बताएको छ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पुर्‍याउन पनि परिवर्तनको पहल गर्न दराज सधैँ अगाडि रहेको बताइन्।

दराज लाइक न्युका लागि दराज प्लेटफर्ममा विक्रेता तथा ‘सबकोफोन’ का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्रीवितरणका लागि टाढा पुग्नुपर्नेमा प्लेटफर्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे।

प्रकाशित: २० भदौ २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =