कांग्रेसले भन्यो : सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गरियोस्

हिमाल प्रेस २० भदौ २०८० १६:५३
32
SHARES
कांग्रेसले भन्यो :  सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गरियोस्

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबमा भएको घटनाको भर्त्सना गरेका हुन्।

‘आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उहाँमाथि आक्रमण गर्ने व्यक्ति र पछिल्तिर हुन सक्ने जो कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’

सहमहामन्त्री यादवमाथि रिपोर्टर्स क्लबको कार्यक्रमबाट निस्कने समयमा खुकुरी प्रहार भएको थियो। उनलाई नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए।

यो पनि

यही भाषणपछि कांग्रेस सहमहामन्त्रीमाथि भएको थियो खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

प्रकाशित: २० भदौ २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =