कृष्णजन्माष्टमीमा श्रद्धालुको भीड (तस्बिरहरू)

दिपेश श्रेष्ठ २० भदौ २०८० १२:१३
12
SHARES
कृष्णजन्माष्टमीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

यसै सम्झनामा विश्वभरका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ। मनोकांक्षा पूरा गर्न धार्मिक भक्तिभावले दर्शनार्थी कृष्ण मन्दिर पुग्ने गर्छन्। यस्तै आज पाटनको कृष्ण मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ। बिहानै देखि दर्शनार्थीले पूजा गरिरहेका छन्।

     

प्रकाशित: २० भदौ २०८० १२:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =