‘गाउँ आएको बाटो’ र ‘गुराँस’ बुसान फिल्म फेस्टिभलमा छनोट

हिमाल प्रेस २० भदौ २०८० ११:२७
6
SHARES
‘गाउँ आएको बाटो’ र ‘गुराँस’ बुसान फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ- २८ औँ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई नेपाली फिल्म ‘गाउँ आएको बाटो’ र ‘गुराँस’ छनोट भएको छ।

‘गाउँ आएको बाटो’ नवीन सुब्बाले निर्देशन गरेका हुन्। यो बुसानको ‘अ विन्डो अन एसियन फिल्म’ अन्तर्गत छनोटमा परेको छ। जसअन्तर्गत अन्य ३० वटा फिल्म छनोटमा परेका छन्।

यो फिल्म टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पनि छनोटमा परेको छ। केही दिनअघि युट्युबमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा दयाहाङ राई, पशुपति राई, बाल कलाकार प्रसान राई, केशव राई, प्रमिशा राईलगायत कलाकारले अभिनय गरेका छन्।

त्यस्तै सौरभ राई निर्देशित फिल्म ‘गुराँस’ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोटमा परेको छ। नेपाल र भारतको संयुक्त निर्माणमा बनेको यो फिल्मले नेदरल्यान्डको स्क्रिप्ट फन्ड जितेको थियो। फिल्ममा मेनुका प्रधान, तुलसी खवास, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय छ।

२८ औँ बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको आगामी ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म दक्षिण कोरियाामा हुँदैछ।

प्रकाशित: २० भदौ २०८० ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =