अग्रिम बुकिङमा इतिहास रच्दै ‘जवान’

हिमाल प्रेस १९ भदौ २०८० १२:५६
8
SHARES
अग्रिम बुकिङमा इतिहास रच्दै ‘जवान’

काठमाडौँ- आउँदो बिहीबार (सेप्टेम्बर ७) प्रदर्शनमा आउने हिन्दी फिल्म ‘जवान’ले अग्रिम बुकिङमा इतिहास रच्दै छ। अभिनेता शाहरुख खान मुख्य भूमिकामा रहेको ‘जवान’ प्रदर्शनमा आउन अझै दुई दिन बाँकी रहँदा फिल्मका साढे सात लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन्।

फिल्म मल्टिप्लेक्ससँगै सिंगल स्क्रिनमा पनि लाग्नेछ। भारतभरिका हलमा फिल्मको उच्च माग छ। त्यतिमात्र नभई फिल्मका बिहानी र अबेर रातिका शो राखिँदै छन्।

भारतको सबैभन्दा ठूलो अनलाइन टिकट बुकिङ प्लेटफर्म ‘बुक माई शो’बाट मात्र फिल्मका साढे सात लाख टिकट बिक्री भइसकेका छन्। भारतीय पत्रिका ‘बिजनेस टुडे’का अनुसार दिल्ली, पुणे, कोचीलगायत ठाउँमा फिल्मका धेरै टिकट बिक्री भएका छन्। ‘जवानको प्रतीक्षा सारा भारतले गरिरहेको छ,’ बुक माई शोका सीईओ आशिष सक्सेनाले बिजनेस टुडेसँग भनेका छन्।

हैदराबाद, कोलकाता, बेङ्गलुरु, चेन्नईलगायत शहरमा पनि फिल्मका टिकटको अग्रिम बुकिङ बढी भइरहेको छ। शाहरुखसँगै फिल्मका निर्देशक एटली, दक्षिण भारतीय अभिनेत्री नयनताराको काम हेर्न पनि दर्शक उत्सुक छन्। फिल्मले उत्तर भारतसँगै दक्षिण भारतका दर्शकलाई पनि आकर्षित गरिरहेको छ।

प्रकाशित: १९ भदौ २०८० १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =