प्रहरी जवानदेखि एसएसपीसम्मका ३२ जनालाई कारबाही सिफारिस [सूचीसहित]

हिमाल प्रेस १६ माघ २०८० १८:३५
906
SHARES
प्रहरी जवानदेखि एसएसपीसम्मका ३२ जनालाई कारबाही सिफारिस [सूचीसहित]

काठमाडौँ- मानव अधिकार उल्लंघन गरेको भन्दै विभिन्न सुरक्षा अधिकारीहरूलाई कारबाहीका लागि मानव अधिकार आयोगले सिफारिस गरेको छ। गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै नेपाल प्रहरी, सशस्त्र प्रहरीदेखि सेना र निजामती कर्मचारीलगायतलाई कारबाही गर्न मानव अधिकार आयोगले सिफारिस गरेको हो।

कोको छन् नेपाल प्रहरीबाट ?

आयोगका अनुसार सबैभन्दा धेरै मानवअधिकार उल्लंघन गर्नेमा नेपाल प्रहरीका अधिकारीहरू छन्। आयोगले प्रहरीका एसएसपीदेखि जवानसम्म ३२ जना कारबाहीको सिफारिस गरेको छ।

आयोगले गरेको सिफारिस अनुसार एसपी योगेश्वर रोमखामी (हाल एसएसपीबाट अवकाश प्राप्त), एसपी रामकुमार खनाल, एसपी नारायणकुमार आचार्य, एसपी उपमाप्रसाद चर्तुवेदी (हाल एसएसपी), एसपी टेकुनन्द इवा लिम्बू, डीएसपी कामाख्या नारायण सिंह, डीएसपी नारायणप्रसाद चिमोरिया र डीएसपी हनुमान शाह छन्।

त्यस्तै इन्सपेक्टरहरू गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरिलाई कारबाहीका लागि सिफारिस भएका छन्। कारबाहीका लागि चार सई पनि सिफारिस भएका छन्। चार सईमा रामकुमार यादव, श्याम राउत, सई धर्मेन्द्र कुमार सिंह, सई चक्रबस्नेत पनि कारबाहीको सिफारिसमा परेका छन्। त्यसैगरी असईमा नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महावीर राज धावे र बासुदेव चौधरी कारबाहीका लागि सिफारिस भएका छन्।

हवल्दारहरूमा भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की कारबाहीको लागि सिफारिसमा परेका छन् त्यस्तै प्रहरी जवानहरूमा विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौलालाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ।

सेना, सशस्त्र र अनुसन्धानका को को?

मानव अधिकार उल्लंघन गर्नेमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीका अधिकारी पनि छन्। आयोगका अनुसार सशस्त्र प्रहरीका एसपी प्रकाश ओझालाई मानव अधिकार उल्लंघन गरेको भन्दै कारबाहीको लागि सिफारिस गरिएको छ। त्यस्तै नेपाली सेनाका सेनानीहरू पनि कारबाहीका लागि सिफारिस भएका छन्। कारबाहीका लागि सिफारिस भएका सेनानीहरूमा कृष्णमुरारी न्यौपाने, सुरत रावल छन्। त्यस्तै सहसेनानी चक्रबहादुर कार्की, क्याप्टेन दीनेश थापा पनि कारबाहीका लागि सिफारिस भएका छन्। राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर लिलाधर पौडेल पनि कारबाहीका सिफारिसमा परेका छन्।

निजामतीबाट कोको सिफारिस भए?

आयोगले प्रमुख जिल्ला अधिकारीलगायत निजामती कर्मचारीलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ। आयोगका अनुसार मानव अधिकार उल्लंघन गर्ने प्रजिअहरूमा माधवप्रसाद ओझा, शालिग्राम शर्मा, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाईं, रमा आचार्य र शिवप्रसाद नेपाल छन्। आयोगले विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कारागारका प्रमुखलाई पनि कारबाहीको लागि सिफारिस गरेको छ।

सहायक प्रजिअ पुरुषोत्तम अधिकारी, कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेल छन्। आयोगले विभिन्न राजनीतिक नेता कार्यकर्तालाई पनि मानव अधिकार उल्लंघन गरेको भन्दै कारबाहीको लागि सिफारिस गरेको छ।

आयोगको प्रेस नोट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =