बलिउडसँग रिसाएकी नयनतारा

हिमाल प्रेस २४ कार्तिक २०८० १५:३८
12
SHARES
बलिउडसँग रिसाएकी नयनतारा

काठमाडौँ- अभिनेता शाहरुख खानसँग फिल्म ‘जवान’मा काम गरेकी दक्षिण भारतीय अभिनेत्री नयनताराले अबउपरान्त बलिउडमा काम नगर्ने बताएकी छन्। साउथमा यी अभिनेत्रीलाई ‘लेडी सुपरस्टार’ पनि भनिन्छ। उनको लोकप्रियताको तुलना अभिनेता रजनीकान्तसँग गरिन्छ।

एटलीको फिल्म ‘जवान’बाट उनले बलिउडमा डेब्यु गरेकी हुन्। फिल्ममा उनी शाहरुखकी श्रीमती नर्मदाको भूमिका निर्वाह गरेकी थिइन्। फिल्म ब्लकबस्टर भयो। तर त्यसको श्रेय आफूलाई नदिइएकोमा उनी रिसाएकी छन्। त्यसैले अबदेखि दक्षिण भारतीय फिल्ममा मात्रै काम गर्ने, बलिउड फिल्ममा काम नगर्ने भएकी छन्।

एक भारतीय पत्रिकाका अनुसार फिल्म सफल हुँदा त्यसको सबै श्रेय शाहरुखले पाए। त्यस्तै बलिउड अभिनेत्री दीपिका पादुकोणलाई पनि पर्याप्त स्थान दिइयो। यसो हुँदा नयनताराले आफू ओझेलमा परेको महसुस गरिन्। ‘लेडी सुपरस्टार’ छायामा पर्दा उनका प्रशंसक पनि खुसी भएनन्। ‘दीपिकाको रोल बढाएर नयनताराको घटाएको’ आरोप प्रशंसकले फिल्म निर्माण पक्षमाथि लगाए। त्यसैले नयनताराले अबउपरान्त बलिउडमै काम नगर्ने निर्णय गरेको पत्रिकाले खुलाएको छ। उनी तमिल फिल्म ‘इराइवन’मा देखिनेछिन्।

प्रकाशित: २४ कार्तिक २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =