ओटीटीमा ‘जवान’

हिमाल प्रेस १६ कार्तिक २०८० १३:३८
4
SHARES
ओटीटीमा ‘जवान’

काठमाडौँ– बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको छ। अभिनेता खानको जन्मदिनको अवसरमा फिल्म सार्वजनिक गरिएको हो।

शाहरुखको दोहोरो भूमिका रहेको फिल्ममा नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोण, सान्या मल्होत्रा, प्रियमणिलगायत कलाकारको अभिनय छ।

एक्सन र थ्रिलर जनरामा बनेको फिल्म एट्लीले निर्देशन गरेका हुन्।  फिल्म जिके विष्णुको छायांकन र रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानकाे लगानी छ।

७ सेप्टेम्बर देखि विश्वभर प्रदर्शन भएको फिल्मले हलमा उत्साहजनक व्यापार गरिरहेको छ। भारतीय सञ्चार माध्यमकाअनुसार हालसम्म विश्वभरबाट ११ सय ४६ करोड भारू कमाएको छ।

भारतीय बक्स अफिसमा मात्र  ६४२ करोड ५७ लाख भारू कमाएको छ। जसअनुसार ‘जवान’ ६०० करोड भारु कमाउने पहिलो बलिउड फिल्म बनेको छ। फिल्मको बजेट ३०० करोड भारू रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =