‘डन्की’सँग जुध्ने भएपछि सर्यो प्रभासको ‘सालार’

हिमाल प्रेस १९ कार्तिक २०८० १४:५६
14
SHARES
‘डन्की’सँग जुध्ने भएपछि सर्यो प्रभासको ‘सालार’

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत ‘सालार’को प्रदर्शन मिति पछि सरेको छ। शाहरुख खानको फिल्म ‘डन्की’सँग जुध्ने भएपछि फिल्मको रिलिज मिति सरेको भारतीय सञ्चारमाध्यमले खुलाएका छन्।

शाहरुखका एकपछि अर्को फिल्मले सफल भइरहेका छन्। ‘पठान’, ‘जवान’पछि उनको यो फिल्म पनि ब्लकबस्टर हुने धेरैको अनुमान छ। अर्कोतिर प्रभासले ‘बाहुबली’पछि सफलताको मुख देख्न पाएका छैनन्। उनी अभिनीत ‘राधेश्याम’ र ‘आदिपुरुष’ लगातार फ्लप भएका छन्।

भारतीय मिडियामा बाहिरिएको यो समाचार सत्य हो भने २०२४ मा प्रभासका दुइटा फिल्म प्रदर्शनमा आउनेछन्। उनको ‘सालार’सँगै ‘कल्की २८९८ एडी’ फिल्म आउनेछ। जसमा प्रभाससँगै कमल हसन, अमिताभ बच्चन र दीपिका पादुकोण मुख्य भूमिकामा हुनेछन्।

कमेडी, ड्रामा र एक्सन जनरामा बनेको शाहरुखको फिल्म डिसेम्बर २२ मा क्रिसमसका अवसरमा प्रदर्शन हुनेछ। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्ममा तापसी पन्नु, विक्की कौशल, दिया मिर्जा, बोमन इरानीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १९ कार्तिक २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fourteen =