ओलीले नेपाली क्रिकेट टिमलाई भने : भावनात्मक रूपले हामीले जितेका छौँ

हिमाल प्रेस १९ भदौ २०८० ९:०३
10
SHARES
ओलीले नेपाली क्रिकेट टिमलाई भने : भावनात्मक रूपले हामीले जितेका छौँ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसिया कप खेलेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिएका छन्।

सोमबार राति भएको खेलमा भारतसँग पराजित भएको टिमलाई अध्यक्ष ओलीले सान्त्वना दिएका हुन्।

उनले लेखेका छन्, ‘बधाई हामी सबैलाई, हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं। प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन्।’

भारतसँग पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। यसअघि नेपाल पाकिस्तानसँग पराजित भएको थियो। समूह चरणमा दुवै राष्ट्रसँग पराजित नेपाल अब स्वदेश फर्किने भएको छ।

प्रकाशित: १९ भदौ २०८० ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =