भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौँ २०२३’ कार्यशाला

हिमाल प्रेस १८ भदौ २०८० १५:११
भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौँ २०२३’ कार्यशाला

काठमाडौँ– नेपालमा वर्डप्रेस प्रयोगकर्ताहरूलाई एकत्र गर्दै भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौँ २०२३’ आयोजना गरिने भएको छ। वर्डप्रेस काठमाडौंको आयोजनामा वर्डप्रेसलाई कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुका लागि दुई दिने कार्यशाला आयोजना गर्न लागिएको हो।

कार्यक्रम मूलतः काठमाडौँ वर्डप्रेस समुदायले नेतृत्व लिएर विभिन्न देशमा कार्यरत वर्डप्रेस विशेषज्ञ, कम्पनीहरूबीच सहकार्य, शिक्षा र नेटवर्किङ गर्ने महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा छ। जुन कुरा वर्डप्रेस तालिकामा समेत रहने अपेक्षा छ। वर्डक्याम्पमा विविध पृष्ठभूमिका व्यक्तित्वहरूको सहभागिता हुनेछ।

कार्यक्रममा सामान्य प्रयोगकर्ताहरूदेखि मूल डेभलपरहरूसम्मको समूहले जानकारी र विशेषज्ञता आदानप्रदान गर्ने आयोजकले जनाएको छ। कार्यशालाबारे विस्तृत जानकारी आयोजकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

प्रकाशित: १८ भदौ २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =