नेपालमा प्रिमियर वर्ड प्रेस सम्मेलन हुँदै

हिमाल प्रेस ३१ जेठ २०८० १८:३२
2
SHARE
नेपालमा प्रिमियर वर्ड प्रेस सम्मेलन हुँदै

काठमाडौँ- आउँदो भदौ २२ र २३ गते काठमाडौँमा वर्डक्याम्प काठमाडौँ २०२३ हुने भएको छ। वर्डप्रेस कम्युनिटी काठमाडौँले आयोजना गर्न लागेको कार्यक्रम डेभलपर, डिजाइनर, ब्लगर, प्लेटफर्मको प्रयोगकर्ता र वर्डप्रेसका बारेमा चासो राख्नेहरूका लागि उपयोगी हुनेछ।

आर्टिफिसियल इन्टेलिजेन्सको अत्याधुनिक विकासदेखि व्यावहारिक वेब डेभलपमेन्ट प्रविधिहरू, सामग्री सिर्जना (कन्टेन्ट क्रिएट) रणनीतिहरू, प्रयोगकर्ता-केन्द्रित डिजाइन सिद्धान्तहरू, सर्च इन्जिन अप्टिमाइजेसन र इ-कमर्सबारे पनि कार्यक्रममा जानकारी प्राप्त गर्न सकिनेछ।

वर्डक्याम्प काठमाडौँ २०२३ को लक्ष्य सहभागीलाई व्यावहारिक ज्ञान र काम लाग्ने शिक्षा प्रदान गर्नु हो। वर्डप्रेसमा आफ्नो कौशल वृद्धि गर्न खोज्ने सिकारुदेखि सीमित घेराभन्दा बाहिर रहन खोज्ने अनुभवी विशेषज्ञका लागि समेत यो कार्यक्रम उपयोगी हुनेछ।

अरूबाट सिक्न र व्यक्तिगत अनुभवहरू साझा गर्न प्रोत्साहित गर्ने वातावरण सिर्जना गरेर, वर्डक्याम्प काठमाडौँ २०२३ ले वर्डप्रेस ‘इकोसिस्टम’ को समग्र वृद्धि र सफलतामा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। कार्यक्रमको विस्तृत विवरण वर्डक्याम्पको वेबसाइट, कार्यक्रमको ट्विटर र फेसबुक पृष्ठमा हेर्न सकिनेछ। सम्मेलन गैरीधारास्थित एलिस रिसेप्सनमा हुनेछ।

प्रकाशित: ३१ जेठ २०८० १८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =