सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरिएका शर्माविरुद्ध उजुरी गर्न आह्वान

हिमाल प्रेस १६ भदौ २०८० ८:०८
6
SHARES
सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरिएका शर्माविरुद्ध उजुरी गर्न आह्वान सर्वोच्च अदालत

काठमाडौँ- न्यायपरिषद्‍बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका विनोद शर्माविरुद्ध उजुरी गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ। शनिबार सूचना सार्वजनिक गर्दै समितिले शर्माविरुद्ध स्पष्ट आधार तथा प्रमाणसहित उजुरी गर्न आह्वान गरेको हो।

शनिबार प्रकाशित सूचनाअनुसार १० दिनभित्र उजुरी गर्न सकिनेछ। सर्वोच्चको न्यायाधी पदमा शर्मालाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित समितिको सचिवालय वा कुनै पनि जिल्ला प्रशासन कार्यालयमार्फत सूचना वा उजुरी दिन सकिने समितिको सूचनामा उल्लेख छ।

उजुरीकर्ताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ। सूचना दाताको नाम गोप्य राखिने संसदीय सुनुवाई समितिले बताएको छ।

प्रकाशित: १६ भदौ २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =