उपत्यकाका यी स्थानमा आज दिनभर बिजुली नहुने

हिमाल प्रेस १६ भदौ २०८० ७:५०
12
SHARES
उपत्यकाका यी स्थानमा आज दिनभर बिजुली नहुने

काठमाडौँ- उपत्यकाका काठमाडौँ र ललितपुरका केही स्थानमा शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएको छ। उक्त जानकारी नेपाल विद्युत् प्राधिकरणले शुक्रकार नै सूचनामार्फत गराएको थियो।

सूचनामा उल्लेख भएअनुसार प्राधिकरणले टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्दैछ। सोअनुसार उक्त सबस्टेसनसँगसम्बन्धित स्विचिङ स्टेसनहरूमा विद्युत् अवरुद्ध हुनेछ।

त्यस्तै लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम गरिरहेको प्राधिकरणले जानकारी दिएको छ।

सो सबस्टेसनबाट आपूर्ति भइरहेको रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गतका फिडरहरूमा विद्युत् अवरुद्ध हुनेछ। प्राधिकरणले बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म विद्युत् अवरुद्ध हुने जानकारी गराएको छ।

प्रकाशित: १६ भदौ २०८० ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =