चार जलविद्युत् परियोजनाको लागि लगानी बोर्डबाट ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

हिमाल प्रेस ८ भदौ २०८० १५:०१
8
SHARES
चार जलविद्युत् परियोजनाको लागि लगानी बोर्डबाट ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

काठमाडौँ– लगानी बोर्ड नेपालको ५५औँ बैठकले चार वटा जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ।

शुक्रबार बसेको बोर्ड बैठकले २२ मेगावाटको रोल्वालिङ्ग खोला, ६३ मेगावाटको छुजुङ्ग खोला, ४९.९५ मेगावाटको दाना खोला र ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको काम समीक्षा गर्दै परियोजनाको कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले दमकस्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ।

बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि रिजन इनर्जीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई अध्ययन गर्ने बोर्डले जानकारी गराएको छ।

आजको बोर्ड बैठकले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: ८ भदौ २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =