कांग्रेसले स्थगित गर्‍यो’समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’

हिमाल प्रेस ५ भदौ २०८० १४:१३
68
SHARES
कांग्रेसले स्थगित गर्‍यो’समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसले साउन १० गते सम्पन्न केन्द्रीय समितिको बैठकबाट पारिसत गरेको ‘समुदायमा कांग्रेस : राष्ट्रव्यापी अभियान’ कार्यक्रम नै स्थगित गरेको। भदौ १० देखि २५ गतेसम्म सञ्चालन हुने पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय भए पनि मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

भदौ १० गते देखि सुरु हुने भनिएको कार्यक्रम देशैभरी सञ्चालन गर्ने बताइएको थियो। यो कार्यक्रम कांग्रेसको वार्षिक कार्यतालिकामै समावेश गरिएको थियो। ‘समुदायमा कांग्रेस : राष्ट्रव्यापी अभियान’ कार्यक्रम’ तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘यो कार्यक्रममा सहभागी हुन सांसद, मन्त्रीहरू भएकाहरू पनि जानुपर्ने हुन्छ। त्यसैले अहिले संसद् पनि चलिरहेको छ, मौसम सफा छैन त्यसैले अहिलेलाई यो कार्यक्रम नै रोकियो।’

कांग्रेसले साउन २० गतेदेखि ३० सम्मका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्य तथा पूर् केन्द्रीय सदस्यलाई दक्षित गरी कार्यक्रम तय गरेर प्रतिनिधि पनि खटाइसकेको थियो।

अब कांग्रेसले भदौ २४ गतेदेखि २६ गतेसम्ममा सक्ने गरी बीपी साहित्य महोत्सव गर्ने जनाएको।

प्रकाशित: ५ भदौ २०८० १४:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =