काठमाडौँ महानगरले दिन थाल्यो कक्षा १० सम्मै दिवा खाजा

हिमाल प्रेस ३ भदौ २०८० ९:२५
1.2k
SHARES
काठमाडौँ महानगरले दिन थाल्यो कक्षा १० सम्मै दिवा खाजा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयमा कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउन थालेको छ। महानगरपालिकाका अनुसार दिवा खाजा कार्यक्रम गत शुक्रबार (भदौ १गते)देखि लागू गरिएको हो।

महानगरपालिकाले यसअघि कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै आएको थियो। संघीय सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गरिरहेको छ। संघीय सरकारले प्रतिविद्यार्थी खाजाका लागि सुगममा दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ।

दुर्गमका विद्यार्थीलाई दैनिक २० रुपैयाँ उपलब्ध गराइन्छ। कामपाले १५ रुपैयाँ थपेर प्रत्येक विद्यार्थीलाई दैनिक ३० रुपैयाँ दिने निर्णयसमेत गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए।

कामपाभित्र ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। दिवा खाजा कार्यक्रमबाट प्रारम्भिक बालविकासदेखि कक्षा १० सम्मका गरेर करिब ४० हजार विद्यार्थी लाभान्वित हुने अपेक्षाा गरिएको छ। उनका अनुसार दिवा खाजाका लागि महानगरले २३ करोड रुपैयाँ विनियोजन गरेको छ।

पछिल्लाे समय काठडमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरको क्षेत्राधिकारभित्रका सरकारी शैक्षिक संस्था सुधारका लागि पहल गरिरहेका छन्।

प्रकाशित: ३ भदौ २०८० ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =