संसद् अवरुद्ध संविधान र नियमसंगत छैन : सुवास नेम्वाङ

हिमाल प्रेस २ भदौ २०८० १४:४१
8
SHARES
संसद् अवरुद्ध संविधान र नियमसंगत छैन : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरोध नियमसंगत नरहेको बताएका छन्।

धुलिखेलमा आयोजित एक कार्यक्रममा नेम्वाङले संविधान बनाउँदा नै संसद् अवरोध नगर्नेबारे गम्भीर छलफल भएको स्मरण गरे ।

उनले भने, ‘संसद् अवरोध नियम संगत हैन। संविधान र नियमसंगत हैन। राजनीतिक दलले अवरोध गर्छन्।’

भारतमा आँखा झिम्काउनेदेखि फ्लाइङ किससम्मको विवाद हुने गरेको भन्दै नेम्वाङले भने, ‘हाम्रोमा पनि अवरोध हुने कुरा छ । संविधान निर्माणताका अवरोध नगरौँ भनेर छलफल गराएको हो। त्यतिबेला संविधानसभा अवरोध नहुने, व्यवस्थापिकामा चाहिँ अवरोध हुन्थ्यो।’

प्रकाशित: २ भदौ २०८० १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =