विद्यालय शिक्षा विधेयक : सांसदहरूलाई खबरदारी गर्दै शिक्षक र कर्मचारी

हिमाल प्रेस १ भदौ २०८० ८:३१
364
SHARES
विद्यालय शिक्षा विधेयक : सांसदहरूलाई खबरदारी गर्दै शिक्षक र कर्मचारी फाइल तस्बिर

काठमाडौँ- नेपाल शिक्षक महासंघको जारी आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार सांसदहरूलाई विगतमा सरकारसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छायाप्रति बुझाउने कार्यक्रम छ। महासंघको जिल्ला तहको नेतृत्वले जिल्लाबाट संघमा र प्रदेशमा प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ।

विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफूहरूले अघि सार्दै आएका माग र मुद्दा नसमेटिएका कारण विगत केही दिनदेखि महासंघ आन्दोलित छ। सांसदहरूलाई शिक्षक-कर्मचारीका माग र मुद्दाबारे सुसूचित गर्दै संसद्मा ती मुद्दाका पक्षमा कडा पक्षीकरणका लागि खबरदारी गर्न महासंघले जिल्ला तहका नेतृत्वलाई निर्देशन दिएको छ।

सांसदहरूलाई सम्भव भएसम्म भेटेर र नभए इमेलमार्फत सहमतिका छायाप्रति बुझाइनेछ। सरकारसँग विगतमा भएका ३० बुँदे र ५१ बुँदे सहमतिका विषय विधेयकको मस्यौदामा समेटिनुपर्ने अडान महासंघको छ।

सोही क्रममा महासंघले पालिका, जिल्ला र प्रदेश तहमा पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको छ। साथै महासंघ राष्ट्रिय समिति तथा आबद्ध-सम्बद्ध संस्थाको मुख्य नेतृत्वले नेपाल सरकार, राजनीतिक दलका मुख्य नेता, संसदीय दलका प्रमुख सचेतक, संसदको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिका सांसदहरूसँग अन्तर्किया, भेटघाट, छलफल तथा पक्षीकरण जारी राखेका छन्।

सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा शिक्षक-कर्मचारीको धर्ना

शिक्षा विधेयकमा सरकार एक्लै अघि बढ्न खोज्दा आन्दोलित हुन बाध्य भयौँ : सोमनाथ गिरी

ईसीडी दरबन्दी र प्राविसरह तलब नभएसम्म आन्दोलन रोकिँदैन : कृष्णकुमारी थापा मगर [अन्तर्वार्ता]

प्रकाशित: १ भदौ २०८० ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =