रोल्पामा नेपाल टेलिकमकाे पूर्वाधारमा क्षति

हिमाल प्रेस २९ साउन २०८० २०:०५
8
SHARES
रोल्पामा नेपाल टेलिकमकाे पूर्वाधारमा क्षति

काठमाडौँ- रोल्पामा नेपाल टेलिकमका पूर्वाधारमा क्षति भएको छ। टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

‘रोल्पाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ,’ टेलिकमको विज्ञप्तिमा भनिएको छ।

नेपाल टेलिकमको टावरदेखि २० मिटर दुरीमा अन्य सेवा प्रदायकका टावर रहेका कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेको भन्दै टेलिकमले केही दिन पहिले सोलार पावर सिस्टमको तारसमेत काटेर क्षति पुर्‍याइएको बताएको छ।

सो विषयमा नेपाल टेलिकमका प्राविधिकले प्रमाणसहित गाउँपालिकामा जानकारी गरेर गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल गरी आगामी दिनमा क्षति नगर्ने सहमति गरिएको हो।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायतको उपस्थितिमा दुवै पक्षबीच गत शुक्रबार सहमति गरिएको हो। ‘छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कार्य नदोहो¥याउने सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २९ साउन २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =