गोरखालीसँग प्रधानमन्त्रीले भने : बूढीगण्डकीको शिलान्यास छिट्टै हुन्छ

हिमाल प्रेस २९ साउन २०८० ११:५७
4
SHARES
गोरखालीसँग प्रधानमन्त्रीले भने : बूढीगण्डकीको शिलान्यास छिट्टै हुन्छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको मागअनुसार बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास छिट्टै गरिने बताएका छन्।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले बूढीगण्डकीको काम छिट्टै सुरु हुने बताएका हुन्।

साउन ३ गते आयोजनाको फिल्ड कार्यालय उद्घाटन भइसकेको छ।
प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायत विषयमा उठाएका माग सम्बोधन गर्ने विश्वास दिलाएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

यस्तै गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो। त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुंगे पुलको पुनर्निर्माण समेत तत्काल सुरु गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको तिमिल्सिनाले बताए।
गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुंगे पुल त्रिशूलीको बाढीले क्षति पुर्‍याएको छ। –रासस

प्रकाशित: २९ साउन २०८० ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 7 =