वैदेशिक रोजगारीका समस्याको निराकरणका लागि विस्तृत अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २६ साउन २०८० ११:०२
2
SHARE
वैदेशिक रोजगारीका समस्याको निराकरणका लागि विस्तृत अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधानको बारेमा जानकारी लिएका थिए।

छलफलमा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत महत्वपूर्ण छलफल भएको छ। यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ।

छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायतका विशिष्ट पदाधिकारीहरू सहभागी थिए।

प्रकाशित: २६ साउन २०८० ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =