गौर हत्याकाण्डबारे धारणा सार्वजनिक गर्दै जसपा

हिमाल प्रेस २६ साउन २०८० ८:१२
16
SHARES
गौर हत्याकाण्डबारे धारणा सार्वजनिक गर्दै जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले आज पत्रकार सम्मेलन गर्दैछ। दिउँसो पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर १७ वर्षअघिको गौर हत्याकाण्डको विषयमा धारणा राख्नेछ । गृहमन्त्रालय र गौरहत्या काण्डका पीडितहरू बीच गत मंगलबार भएको पाँच बुँदे सहमतिले जसपा तरंगित भएको छ।

उक्त तरंगपछि जसपाले पत्रकार सम्मेलन गर्न लागेको हो । तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो।

फोरमले गौरको राइसमिल मञ्चमा आक्रमण गरी माओवादी कार्यकर्ताको हत्या गरेको आरोप छ ।

उक्त घटनामा ज्यान गुमाउने परिवार अहिलेसम्म न्यायको अनुभूति नपाएको भन्दै आन्दोलित छन्। उक्त घटनामा तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादव दोषी रहेको आरोप लागिरहेको छ । उक्त फाइल खोलिए यादवलाई समस्या पर्ने बताइन्छ। उक्त सहमतिपछि जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको संकेत गरेको थियो ।

प्रकाशित: २६ साउन २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =