नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : चन्द्र ढकाल

हिमाल प्रेस २५ साउन २०८० १७:१३
8
SHARES
नीतिगत स्थिरता भए मात्र लगानी बढाउन सकिन्छ : चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी वृद्धिका लागि नीतिगत स्थिरता अत्यन्त आवश्यक रहेको बताएका छन्। जनकपुरमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी दुवै लगानीका लागि नीतिगत स्थिरता जरुरी रहेको बताएका हुन्।

‘नीतिगत अस्थिरताले लगानीमैत्री वातावरण बन्न सक्दैन। कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन गाह्रो हुन्छ। त्यसैले सबैभन्दा पहिले नीतिगत स्थिरता बनाउन जरुरी हुन्छ। तब मात्र लगानी भित्र्याउन सकिन्छ र लगानीले प्रतिफल पाउने अवस्था पनि रहन्छ,’ उनले भने।

महासंघमा नेतृत्वमा आइसकेपछि विभिन्न फोरमबाट लगानीको वातावरण बनाउन पहल गरिरहेकोसमेत बताए। ‘प्रधानमन्त्रीको भारत भ्रमणको समयमा नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेको विजनेश फोरममा दुई देशका व्यवसायीबीच लगानीका विषयमा छलफल भएको पनि उनले जानकारी दिए। अध्यक्ष ढकालले भने, ‘उक्त छलफलले नेपालमा भारतीय लगानी बढ्ने र दुई देशबीचको व्यावसायिक सम्बन्ध थप विस्तार हुने अपेक्षा छ।’

प्रकाशित: २५ साउन २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =