पहिरोमा पुरिएर बालकको मृत्यु

हिमाल प्रेस २४ साउन २०८० १०:५३
2
SHARE
पहिरोमा पुरिएर बालकको मृत्यु

दोलखा- पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ। बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो।

तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ। उनी मंगलबार राति माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन्।

तामाङसँगै गएका अन्य तीन जनाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

केही दिनअघि गौरीशंकर गाउँपालिका-७ मा पहिरोबाट दुई जनाको ज्यान गएको थियो। पहिरोमा परेर दुई जना अझै बेपत्ता छन्।

प्रकाशित: २४ साउन २०८० १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =