सभामुखले बोलाए कार्यव्यवस्था बैठक, सदन खुलाउन अनुरोध गर्ने

हिमाल प्रेस २४ साउन २०८० १०:२२
4
SHARES
सभामुखले बोलाए कार्यव्यवस्था बैठक, सदन खुलाउन अनुरोध गर्ने

काठमाडौँ- सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

उनले बुधबार बिहान  ११ः३० बजे संसद् भवन बानेश्वरमा बस्ने गरी बैठक बोलाएका हुन्।

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन्।

संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन्।

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =