खोलाले बगाउँदा एकको मृत्यु

हिमाल प्रेस २४ साउन २०८० ६:५३
8
SHARES
खोलाले बगाउँदा एकको मृत्यु प्रतीकात्मक तस्बिर।

धनुषा- मिथिला नगरपालिका​मा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। मिथिला नगरपालिका–२ मा मंगलवार बसही खोलाले बगाउँदा १४ वर्षीय बालक अजय यादवको मृत्यु भएको हो।

बिहान शौच गर्न गएका बालक खोलाको छेउबाट चिप्लेर लडेका थिए। खोलामा बालक डुबेको खबर पाउन साथ घटनास्थल पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरी टोलीले उनको उद्धार गरेको थियो।

उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पुर्‍याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिए। यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

त्यसैगरी धनुषामा कमला नदीको बाढीले बगाउँदा एक दम्पती बेपत्ता भएका छन्। बेपत्ता हुनेमा गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परियार छन्।

प्रकाशित: २४ साउन २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =