चिनियाँ राजदूतलाई चन्द्र ढकालले भने- चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य नेपाल बन्न सक्छ

हिमाल प्रेस २३ साउन २०८० १७:१४
8
SHARES
चिनियाँ राजदूतलाई चन्द्र ढकालले भने- चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य नेपाल बन्न सक्छ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ राजदूत छन सोंगसँग लगानी र पयैटनको गन्तव्य नेपाल बन्न सक्ने बताएका छन्। मंगलबार भएको भेटमा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका हुन्।

नेपालको उत्पादनमूलक क्षेत्र, उर्जा, पर्यटन पुर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले राजदूत सोंगको ध्यानाकर्षण गराए। पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूमा सिधा उडान आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताए।

अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकता साथ समावेश गर्न पनि आग्रह गरे। राजदूत सोंगले तातोपानी नाका खोल्ने र नेपालमा चिनिया बैंक आउनेबारे छलफल भैरहेको जानकारी दिए।

प्रकाशित: २३ साउन २०८० १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =