बीआरआई परियोजना कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस २ चैत २०७९ १५:११
6
SHARES
बीआरआई परियोजना कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध : नारायणकाजी श्रेष्ठ फाइल तस्बिर।

काठमाडौँ– उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ‘चाइना बेल्ट एन्ड रोड इनिसिएटिभमा १० वर्ष : नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यसको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

परियोजनाको सफल र शीघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागि पर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

सो परियोजनाअन्तर्गत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको बताउँदै यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भइरहेको उनले स्मरण गरे।

नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नहुन उनले आग्रह गरे। चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको उनले बताए।

मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ। श्रेष्ठले नेपाल-चीन सम्बन्ध पारस्पारिक, मैंत्रीपूर्ण र सुमधुर रहेको पनि उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =