प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस २३ साउन २०८० ६:३७
2
SHARE
प्रतिनिधिसभा बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ९३० को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा ९२० बमोजिम सदन समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १ वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यसैबीच, सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक लगातार अवरोध हुँदै आएको छ।

हिजोका लागि बोलाइएको बैठक पनि बस्न सकेको थिएन। एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। एमालेको मागमा सरकार सहमत भएको छैन। आज पनि सहमति जु्टाउन सभामुख देवराज घिमिरेले शीर्ष नेताको बैठक बोलाएका छन्।

प्रकाशित: २३ साउन २०८० ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 5 =