ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीसँगै मुछिएका यी व्यक्तिहरू

हिमाल प्रेस २२ साउन २०८० ९:३१
12
SHARES
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीसँगै  मुछिएका यी व्यक्तिहरू

काठमाडौँ- सर्वोच्च अदालतको आइतबारको फैसलाअनुसार अब ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धानका लागि बाटो खुलेको छ।

उनीहरूमाथि अनुसन्धानको माग गर्दै दायर भएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धान गर्न बाटो खुलाएको हो। यो प्रकरणमा नेपाल र भट्टराईसँगै नेता र कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ।

यद्यपि यो फैसलाको स्वागत गर्दै नेपाल र भट्टराईले अनुसन्धानमा सघाउने बताएका छन्। भट्टराईले ललिता निवास लगायतका प्रकरणमा भएका निर्णयहरूउपर छानिबनका लागि सहयोग गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ’, भट्टराईले भनेका छन्।

उनले ललिता निवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरू उपर छानबिन गरेर कानुनविपरीत राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कारबाही गर्नुपर्नेमा आफ्नो प्रतिद्धता दोहोर्‍याएका छन्।

यसैगरी उनले आफ्नो प्रधानमन्त्री कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।’

यता नेपालले पनि अनुसन्धानमा सघाउने बताएका छन्। आज बिहान स्विजरल्याण्ड हिँड्दै बेला त्रिभुवन विमानस्थलमा अनुसन्धान गर्न सहज बनाउने बताएका थिए। यता उनको निजी सचिवालयले पनि अदालतको फैसलाबारे नेपाल जानकार रहेको बताएको छ।

ललिता निवास प्रकरणमा मुछिएका व्यक्तिहरू

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईसँगै पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार,पूर्वमन्त्रीहरू स्व प्रभुनारायण चौधरी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह चन्द्रदेव जोशी, पूर्वमन्त्री दीनानाथ शर्मा तानिएका छन्।

यस्तै उक्त प्रकरणमा पूर्वमुख्यसचिव/पूर्वमन्त्री स्व माधव घिमिरे, पूर्वमुख्यसचिव लीलामणि पौडेल, हालका सचिव कृष्णबहादुर राउत, पूर्वमन्त्री छविराज पन्त, पूर्वसचिव शंकरप्रसाद सुवेदी, रवीन्द्रमान जोशी,नारायणगोपाल मलेगो, पूर्वसचिव/अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि अधिकारी, पूर्वसचिव युवराज भुसाल, धरणीधर खतिवडा, रमेश ढकाल, राजुमानसिंह मल्ल, भेषराज शर्मा, कृष्णचन्द्र पौडेल, सुरेशमान श्रेष्ठ, माधवप्रसाद रेग्मी  मुछिएका छन्।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिने पूर्वसहसचिवहरूमा सुधीरकुमार शाह, कलाधर देउजा, उमानाथप्रसाद ज्ञवाली, मुकुन्दप्रसाद आचार्य, रुद्रकुमार श्रेष्ठ, गेहनाथ भण्डारी, प्रेमबहादुर खापुङ, टीकाराम घिमिरे, शंकरप्रसाद सुवेदी, पुरुषोत्तम पौडेल, विनोदप्रसाद पौडेल, सुरोज राजकर्णिकार, बालकृष्ण श्रेष्ठ, अशोकनाथ उप्रेती, धर्म गौतम, जितबहादुर थापा, तेजराज पाण्डे, बलिरामप्रसाद साह तेली छन्।

प्रकाशित: २२ साउन २०८० ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =