जलवायु परिवर्तनसम्बन्धी कानुन नबनाएको विषयमा सर्वोच्चले माग्याे सरकारसँग जबाफ

हिमाल प्रेस १७ पुष २०८० २०:१८
8
SHARES
जलवायु परिवर्तनसम्बन्धी कानुन नबनाएको विषयमा सर्वोच्चले माग्याे सरकारसँग जबाफ

काठमाडौँ- सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेशबमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जबाफ माग गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज (मंगलबार) जलवायु परिवर्तनसम्बन्धी कानुन किन नबनाएको भन्ने विषयमा सरकारसँग १५ दिनभित्र लिखित जबाफ माग गरेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म पनि कानुन नबनाएको उल्लेख गर्दै यही पुस ५ गते अवहेलनासम्बन्धी मुद्दा दायर गरेको थियो।

जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा छुट्टै कानुन निर्माण गरी समस्याको सम्बोधन हुन जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नु गराउनु भन्ने अदालतको आदेशमा उल्लेख छ। रासस

प्रकाशित: १७ पुष २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =