सर्वोच्चको फैसलाले तरंगित बनाएकै बेला बिदेसिए माधव नेपाल

हिमाल प्रेस २२ साउन २०८० ८:१०
10
SHARES
सर्वोच्चको फैसलाले तरंगित बनाएकै बेला बिदेसिए माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्। ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बैठकका निर्णयकर्तामाथि पनि छानबिन गर्न सर्वोच्च अदालतले फैसला सुनाएको भोलिपल्ट सोमबार बिहान अध्यक्ष नेपाल विदेश प्रस्थान गरेका हुन्।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्यान्डलगायतका विभिन्न देशमा आयोजना हुने पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन उनी टर्किस एअरको विमानद्वारा सोमबार बिहान ७ः३० बजे जेनेभातर्फ लागेकाे निजी सचिवालयले जनाएको छ।

आइतबार सर्वोच्च अदालतबाट भएको फैसलाका सन्दर्भमा अध्यक्ष नेपाल जानकार रहेका सचिवालयले जनाएको छ। सचिवालयले भनेको छ, ‘सबै प्रकारका भ्रष्टाचार एवम् अनियमितताको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा उहाँको दृढ मान्यता रहेको छ।’ अध्यक्ष नेपाल भदौ १ गते स्वदेश फर्किने कार्यक्रम  छ।

प्रकाशित: २२ साउन २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =