सर्वसाधारण धम्क्याउँदै हिँड्ने पाँच जना जोरपाटीबाट पक्राउ

हिमाल प्रेस १८ साउन २०८० १२:५४
6
SHARES
सर्वसाधारण धम्क्याउँदै हिँड्ने पाँच जना जोरपाटीबाट पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ– सर्वसाधारणलाई डर, धम्की दिई उच्छृंखल गतिविधि गरेको आरोपमा जोरपाटीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेलम्ची-६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम लामा, गोकुलगङगा-६, रामेछाप घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २८ वर्षीय विक्की लामा (बाफ्ले), मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ, कागेश्वरी मनहरा, डाँछी बस्ने ३६ वर्षीय भीम बस्नेत रहेको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

यस्तै मेलम्ची-१०, सिन्धुपाल्चोक घर भई काठमाडौँ, कागेश्वरी मनहरा, मूलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर तथा चौतारा साँघा चोकगढी-१, सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रवीण तामाङ पनि प्रकाउ परेको उनले बताए।

उनका अनुसार पक्राउ परेकाले काठमाडौँ उपत्यकाको बौद्ध, जोरपाटीलगायतका स्थानमा सर्वसाधारण व्यक्तिसँग अनावश्यक विवाद गरी डरत्रास, भय सिर्जना गर्नुका साथै निजहरूले समूहमा गई सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्नेलगायतका अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकामाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १८ साउन २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =